बोक्सिको आरोपमा यातना दिने २ जना पक्राउ

झापा, भाद्र २१ गते ।
 
झापामा बोक्सिको आरोपमा यातना दिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वर्ष ४० की कुमारी बुढाथोकि र वर्ष ३१ को दिनेश दर्जीले गत १९ गते रातको पौने ११ बजे स्थानीय २२ बर्षिय महिलालाई बोक्सिको आरोपमा पुन्यु तताएर अनुहार र हातमा डामेको भन्दै उक्त महिलाले २० गते बिहान ८ बजेको समयमा प्रहरीमा जानकारी गराउनासाथ प्रहरीको टोलि खटी निजहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा ल्याईएको उक्त कार्यालयले जनाएको छ ।