आफैले आफ्नै शरिरमा आगो लगाई कामदारको मृत्यु

झापा, भाद्र २० गते ।
 
झापाको अर्जुनधारा नगरपालिका-६ महानन्द चोकमा रहेको प्रदिप गिरीको फर्निचरमा काम गर्ने भारतिय नागरिक २३ बर्षीय बिश्वनाथ बरमनले आफ्नै शरिरमा आगो लगाई आत्महत्या गरेका छन् । बिहिवार दिउँसो साँढे ४ बजेको समयमा फर्निचरमा प्रयोग हुने तारपिनको तेल र स्प्रिट खन्याई उक्त फर्निचरमा रहेको ट्वाईलेटमा पसी ढोका बन्द गरी आफ्नो शरिरमा आगो लगाएको भन्ने खबर प्राप्त भएसंगै तत्काल खटिएको इलाका  प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले बरमनलाई मृत अवस्थामा फेला पारेको थियो ।  आगो लगाउनु कारण खुल्न नसकेको तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।