मृत अवस्थामा फेला

सोलुखुम्बु, श्रावण २८ गते ।
सोलुखुम्बु महाकुलुङ गाउँपालिका-१ बुङ बस्ने २० बर्षीय शुक्र कुमार राई मृत अवस्थामा फेला परेका छन ।
गत २६ गते घर बाट नाम्चेमा ट्रेकिङ काम गर्न जान्छु भनि हिडेकोमा बुङबाट नाम्चे जाने बाटोमा पर्ने माप्ये दुधकोशी गाउँपालिका ७ सिबुचे स्थित जंगलको बिचमा रहेको बाटोमा उनि मृत अवस्थामा फेला परेको भनि स्थानीयले हिजो राती १० बजे प्रहरी चौकी खरीखोलामा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउन साथ कानुनी प्रकृया तथा थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु समेतबाट प्रहरी टोली खटि गएको छ ।