भालुको आक्रमणबाट महिला घाईते

 सोलुखुम्बु, श्रावण २५ गते ।
सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका-३ लोदिङ बस्ने बर्ष ४०।४२ की मायाँ शेर्पा भालुको आक्रमणबाट घाईते भएकी छिन । शुक्रबार राती साढे ९ बजेको समयमा आफ्नै मकैं बारीमा मकै रुङ्न बनाएको सानो टहरा मा बसी भालु धपाउन टिन बजाउने क्रममा बच्चा सहित आएको भालुले अचानक आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी हुन् । उनलाई उपचारको लागी जिल्ला अस्पताल सोलुखुम्बु लगीएकोमा थप उपचारको लागी जिल्ला स्थित मिसन अस्पताल लगीएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।