अबैध भरुवा बन्दुक सहित १ जना पक्राउ

झापा, श्रावण २५ गते ।
झापाको हल्दिवारी गाउँपालिका-५ स्थित शान्ति सामुदायिक बनबाट अबैध भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । शुक्रबार राती साढे ८ बजेको समयमा सोही स्थान बस्ने बर्ष ६० को ताराहाङ राईलाई प्रहरी चौकी जलथलबाट गस्तीमा खटिएको प्रहरीको टोलीले १ थान भरुवा बस्दुक सहित नियन्त्रणमा लिएको थियो । पक्राउ परेका यिनलाई आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय झापामा ल्याईएको उक्त कार्यालयले जनाएको ।