रुखले किच्दा पैदल यात्रीको मृत्यु

मोरङ श्रावण-२४ गते ।
मोरङ कानेपोखरी गाउँपालिका ७ आईतबारे बस्ने ५१ बर्षीया पार्वता भट्टराईको रुखले किचेर मृत्यु भएको छ । हिजो सवा ४ बजे कानेपोखरीबाट रमाईलो तर्फ गईरहेको अवस्थामा कानेपोखरी चोक देखि ५०० मिटर दक्षिण पुग्दा एक्कासी आएको हावा हुरीको कारण रुख लड्दा सोहि रुखले किचेर घाईते भएकी भट्टराईको पथरी अस्पताल पथरीमा उपचारको क्रममा पौने ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।