पोखरीमा डुबी ४ बर्षीय बालकको मृत्यु

संखुवासभा, श्रावण-२४ गते ।
संखुवासभा खाँदबारी नगरपालिका-९ तुम्लिङटार बस्ने बिर बहादुर कुमाल को ४ बर्षीय छोरा बिमल कुमालको पोखरीमा डुबेर मृत्यु भएको छ । हिजो राती पौने ८ बजे घर नजिकै रहेको कोशी कोरीडोरको पानी जमाउन खनेको सानो पोखरी छेउमा खेल्ने क्रममा सोहि पोखरीमा पर्दा डुबेर बालकको मृत्यु भएको भनि आफन्तले जिल्ला प्रहरी कार्यालय संखुवासभा जानकारी गराएका थिए । घटनाको जनाकरी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।