सवारी दुर्घटनाबाट ३ जनाको मुत्यु

ओखलढुंगा असार २५ गते ।
ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका ६ सिद्दीचरण राजमार्ग डडुवा डाडा स्थितमा बस दुर्घटना हुदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।झापाको काकडभिट्टाबाट सोलुतर्फ जादै गरेको मे १ ख १८९१ नम्बरको मातृ भाग्यरेखा प्रालिको नाईट बस आज बिहान साढे ३ बजे आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल खसि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
दुर्घटनाबाट बसमा सवार २० जना मध्ये झापा पथरियाका ४५ बर्षिय कृष्ण बहादुर बस्नेत(चालक), सोलु दुधकुण्डकी ५२ बर्षिया माया थापा र सिन्धुली कमलामाईका ३५ बर्षिय लाल बहादुर धामिको घटनास्थलमै मृत्यु भएको हो। यस्तै दुर्घटनाबाट घाईते भएका ५ जनालाई उपचारको लागि काठमाण्डौ पठाईएको छ भने अन्यको ओखलढुंगा र उदयपुरको स्थानिय मेडिकलमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।