पोखरीमा डुबेर ९ बर्षीय बालकको मृत्यु

सुनसरी, असार २२ गते ।
सुनसरीको रामधुनी नगरपालिका-१ सैनिमैनीका प्रमोद चौधरीको ९ बर्षीय छोरा आलम चौधरीको पोखरीमा डुबेर मृत्यु भएको छ ।
शनिवार राती ८ बजे घर नजिकै रहेको पोखरीमा डुबेर मृत अबस्थामा बालक रहेको भनी स्थानीयले दिएको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले बालकको शव बाहिर निकाली कानूनी प्रकृया पश्चात शव परिक्षणको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।