करेन्ट लागेर १ जनाको मृत्यु १ घाईते

झापा, असार २२ गते ।
झापाको कमल गाउँपालिका-५ मा रहेको नयाँ कावेली करिडोरको अफिसमा कार्यरत कर्मचारी कमल गाउँपालिका-४ का ५५ बर्षीय प्रेम बहादुर खतिवडाको करेन्ट लागेर मृत्यु भएको छ भने मुगु घर भएका ४९ बर्षीय हिक्मत बहादुर बुढा गम्भीर घाईते भएका छन् ।
शनिवार राती ८ बजेको समयमा अफिसकै तार सर्ट भएकोले चेक गर्ने क्रममा अचानक करेन्ट लाग्दा दुबै जना गम्भीर घाईते भएका थिए । घाईते दुवै जनालाई उपचारको लागि दमकको लाईफ लाईन अस्पताल लगिएकोमा उपाचारको क्रममा खतिवडाको राती साढे ९ बजे मृत्यु भएको छ भने अर्का घाईते बुढालाई थप उपचारको लागि भारतको सिलिगुढी पठाईएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।