भीरबाट लडेर १ को मृत्यु

सोलुखुम्बु, जेष्ठ २७ गते ।
सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका-५ देउसामा आज बिहान भीरबाट लडेर १ जनाको मृत्यु भएको छ । आज बिहान ८ बजे छोरीको घर देउसा तर्फ आउँने क्रममा रेप्सिदु भीरबाट अचानक लडेर अन्दाजी ५ सय मिटर तल खस्दा माप्य-दुधकोशी गाउँपालिका-६ बस्ने ५९ बर्षीया जोडीमाया राईको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।
उक्त स्थानमा प्रहरी चौकी नेले तथा ईलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।