२ किलो गाँजा साहित १ पक्राउ

विराटनगर, जेष्ठ २७ गते ।
लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले अवैध लागूऔषध गाँजा सहित आइतवार मोरङ केरावारी गाउँपालिका-१० बस्ने बर्ष २० को विनोद तामाङलाई पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले दिउँसो १ बजे केरावारी चौकमा शंकास्पद अवस्थामा हिडिरहेका तामाङलाई अवैध लागूऔषध गाँजा २ किलो सहित पक्राउ गरेको हो । पक्राउ परेका निजलाई इलाका प्रहरी कार्यालय बेलवारीमा राखि थप अनुसन्धान भईरहेको छ ।