ट्रिपर दुर्घटनामा चालकको मृत्यु

उदयपुर, जेष्ठ २७ गते ।
उदयपुरको कटारी नगरपालिका-११ मा आईतवार ट्रिपर दुर्घटनामा परि चालकको मृत्यु भएको छ । सिद्धिचरण राजमार्ग अन्तर्गत घुर्मीबाट कटारीतर्फ आउँदै गरेको बा ३ ख ४१३० नम्बरको ट्रिपर राती साढे ९ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ८/ ९ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा ट्रिपरका चालक सोलुखुम्बु साबिक नेचा-३ बस्ने २१ बर्षीय सुजन भण्डारीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि राती ०१:५५ मा कटारी अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ ।