आगलागीबाट क्षति

पाँचथर, वैशाख ३१ गते ।
पाँचथरको फिदिम नगरपालिका-१२ मिलडाँडा बस्ने झुमनाथ चापागाईको घरमा आगलागी हुँदा अन्दाजी २० लाख रुपयाँ बराबरको क्षति भएको छ । आज दिउँसो १२:१५ बजेको समयमा चापागाईको ढुङगा माटोले बनेको टिनको छानो भएको २ तले कच्ची घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी हुँदा घर भित्र रहेको खाद्यान्न, लत्ताकपडा, नगद १ लाख र ५ तोला सुन समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागीको भएको सूचना प्राप्त भए पश्चात अस्थायी प्रहरी चौकी नागिनबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा दिउँसो २ बजे आगो नियन्त्रणमा लिईएको छ । उक्त आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।