अरुण नदीमा पौडी खेल्दा बेपत्ता

धनकुटा, बैशाख २९ गते ।
धनकुटाको पाख्रिवास नगरपालिका-८ स्थित अरुण नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन ।शुक्रबार दिउँसो २ बजेको समयमा लिम्बुनी महाबीर मृत संजिबिनी जे.भि. कम्पनीका मिस्त्रि रामेछाप रस्नालु गाउँपालिका-९ बस्ने ५२ बर्षीय रमेश राईलाई पौडी खेल्ने क्रममा नदीले बगाई बेपत्ता बनाएको थियो ।घटनाबारे जानकारी पाउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय पाख्रिवासबाट प्रहरीको टोली खटि गई खोजी कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।