मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

मोरङ, बैशाख २९ गते ।
मोरङको कानेपोखरी गाउँपालिका-५ चिसाङ पुल छेउमा शनिबार मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
साँझ ५ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को २० प ८३९५ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ पथरी-शनिश्चरे नगरपालिका-१० बस्ने ४० बर्षीय प्रदिप लिम्बु गम्भीर घाइते भएका थिए ।
घाइते उनलाई उपचारको लागि नरसिङहोम बिराटनगर ल्याईएकोमा उपचारको क्रममा सोही दिन साझँ सवा ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।