कुलो खन्दा ढुङ्गा झरेर १ घाईते


खोटाङ, बैशाख २८ गते ।
खोटाङको हलेशि तुवाचुङ नगरपालिका-११ स्थित लैजुखोला गैयाटार भुल्के सिचाई आयोजनाको कुलो खन्ने क्रममा माथि बाट ढुङगा खस्दा एक युवक घाईते भएका छन ।
आज बिहान ११ बजेको समयमा खोटाङ हलेशि तुवाचुङ नगरपालिका-११ टाकिटार बस्ने २३ बर्षिय शंकर कार्कीलाई कुलो खन्ने क्रममा माथि बाट झरेको ढुङ्गाले लाग्दा बाया हात,बाया खुट्टा,अण्डकोषमा चोट लागि घाईते भएको हुन ।
घाईते उनलाई स्थानिय स्वास्थ्य चौकी बुईपामा सामान्य उपचार पश्चात थप उपचारको लागि बि. पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान सुनसरी तर्फ ल्याउदै गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।