१ लाख ६० हजार मूल्य बराबरको अवैध सामान बरामद

झापा, चैत्र १० गते ।

झापाको मेचीनगर नगरपालिका-७ बाट प्रहरीले आइतवार दिउँसो अन्दाजी १ लाख ६० हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । दिउँसो सवा १२ बजेको समयमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले  भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउँदै गरेको गाडीको बिभिन्न पार्टपुर्जा बरामद गरेको हो । बरामद भएको उक्त समान आवश्यक कारवाहीको लागि  मेची भन्सार कार्यालय बुझाईएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।