एसईई परिक्षामा २ जना परिक्षा निरीक्षक निष्काशित १ बिद्यार्थीको परिक्षा रद्द

मोरङ, चैत्र १० गते ।

मोरङको धनपालथान गाउँपालिका-६ मा रहेको श्री सरस्वती माध्यामिक बिद्यालय दादरबेरिया एसईई परीक्षा केन्द्रले  २ जना परिक्षा निरीक्षकलाई निष्काशित गरेको छ भने १ परिक्षार्थीको आजको परिक्षा रद्द गरेको छ ।
 
बिहान १०:१० बजेको समयमा उक्त परिक्षा केन्द्रमा शिवशक्ति माध्यामिक विद्यालय सोराभागकी परिक्षार्थी  ऐश्वरी राईलाई मोवायलबाट चिट चोरिरहेको अवस्थामा केन्द्रका केन्द्राध्यक्ष भागवत यादवले फेला पारेपछी निज परिक्षार्थीको आजको परिक्षा रद्द गरेको जनाएको छ ।
 
साथै सोही परिक्षा केन्द्रमा खटिएका शिक्षक संजय चौधरी र शिक्षिका शीलाकुमारी राजवंशीलाई अमर्यादीत तरिकाले परीक्षा गराएको भनि दुवै जनालाई एसईई परिक्षा अवधीभर परिक्षा निरीक्षकबाट हटाएको छ ।