भालुको आक्रमणबाट २ घाइते

उदयपुर, चैत्र १० गते ।

उदयपुरको चौदण्डी नगरपालिका-५ खोरिया टोलमा रहेको जंगलमा भालुको आक्रमणबाट शनिवार २ जना घाइते भएका छन् । अपरान्ह ४ बजे नजिकै रहेको सिवाई जंगलमा बाँस काट्ने क्रममा भालुले आक्रमण गर्दा सोही नगरपालिका बस्ने बर्ष २५ को मनिष शर्मा र बर्ष २६ को घुरन सदा घाइते भई स्थानीय मेडिकलमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय सुन्दरपुरले जनाएको छ ।