हायस दुर्घटनामा १ को मृत्यु ३ घाइते

मोरङ, चैत्र १० गते ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दर-हरैचा नगरपालिका-८ मा आइतवार हायस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । बिहान साढे ५ बजे पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३५४ नम्बरको हायस गाडी अनियन्त्रित भई दुर्घटना भएको थियो ।
 
दुर्घटनामा हायसमा सवार सुनसरी धरान बस्ने बर्ष १३ को सबिन मंग्रातीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । त्यसैगरी हायसका चालक  पथरी-शनिश्चारे नगरपालिका-९ बस्ने बर्ष २९ को रमेश बस्नेत हायसमा सवार सुन्दर-हरैचा नगरपालिका-८ बस्ने बर्ष १४ को सुमन रम्तेल र उर्लाबारी बस्ने बर्ष २१ को सचिन भित्रिकोटी घाइते भएका हुन् ।
 
दुर्घटनाका घाइतेहरुलाई बिराट नर्सिङहोम बिराटनगर पठाईएको छ भने चालकलाई स्थानीय मेडीकलमा उपचार पश्चात प्रहरीको नियन्त्रणमा राखिएको छ ।