मोरङको कानेपोखरीमा दुर्घटना २ को मृत्यु ८ घाइते

मोरङ, चैत्र ०९ गते ।

पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका-७ मा शनिवार भएको सवारी दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
 
पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको  गरेको ना ३ ख ६९१८ नम्बरको कन्टेनरलाई सोही दिशा तर्फ आउँदै गरेको बा. ११ च. ७९४८ नम्बरको टाटा सुमो गाडीले पछाडीबाट बिहान ५ बजे ठक्कर दिएको थियो ।
 
दुर्घटनामा सुमोमा सवार झापा अर्जुनधारा नगरपालिका-४ बस्ने बर्ष ४७ को राम कुमार आछामी र गौरादह बस्ने बर्ष ३५ को प्रकाश मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
 
त्यसैगरी सुमोमा सवार गौरादह बस्ने बर्ष ४५ को योगेश न्यौपाने, जिल्ला काभ्रे बस्ने रमेश तामाङ, गौरादह बस्ने बर्ष ३८ को बबिता मगर, गौरादह बस्ने बर्ष १४ की प्रबिका मगर ( गम्भीर) बर्ष ५५ को दुर्गा मगर (गम्भीर) पाँचथर मिक्लाजुङ गाउँपालिका-५ बस्ने बर्ष ४० को हरी प्रसाद नेङवाङ, सुमो चालक दमक नगरपालिका-२ बस्ने बर्ष ३७ को कुल बहादुर रेग्मी (सामान्य) र कन्टेनर चालक चितवन राप्ती नगरपालिका-२ बस्ने बर्ष ४८ को लक्ष्मण अधिकारी घाइते भएका थिए ।
 
घाइते सबैलाई उपचारको लागि स्थानीय अस्पताल पथरी हुँदै थप उपचारको लागि विराटनगर स्थित न्यूरो अस्पतालमा पठाईएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । दुवै सवारी साधनलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।