खाना सर्किएर १ को मत्यु

मोरङ, माघ २६ गते ।

मोरङको सुन्दर-हरैचा नगरपालिका-४ हबेली टोलमा शनिवार खाना सर्किएर १ जनाको मृत्यु भएको छ । खाना सर्किएर सोही स्थान बस्ने बर्ष ५३ की छायादेवी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
 
विहान साढे ९ बजे खाना खाने क्रममा सर्किएर बेहोस भएकी चौधरीलाई उपचारको लागि धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकोमा उपचारको क्रममा विहान ११:५५ बजे मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।