उपचारको क्रममा कैदीको मृत्यु

झापा, माघ २६ गते ।

जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका १ जना कैदीको मृत्यु भएको छ । जवरजस्ती करणी मुद्धामा १० बर्ष कैद सजाय भएका भद्रपुर नगरपालिका-७ महेशपुर घर भएका बर्ष २५ को अनिल उरावको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
 
क्षयरोग सम्बन्धी बिरामी भई उरावलाई शुक्रवार साँझ ६ बजे उपचारको लागि मेची अंचल अस्पताल भद्रपुर पठाईएकोमा उपचारको क्रममा आज बिहान साढे १० बजे सोही अस्पतालमा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।