मोटरसाईकल दुर्घटना १ को मृत्यु २ जना घाईते

झापा, माघ २५ गते ।

झापाको बिर्तामोड नगरपालिका-९ नरियावारीमा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।
 
आज दिउँसो १३:३० बजेको समयमा नरियावारीबाट हल्दिवारी तर्फ जाँदै गरेको मे ९ प ७७४१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडक छेउमा रहेको बेलको रुखमा ठोक्किदा घाईते भएका मोटरसाईकलमा सवार बिर्तामोड नगरपालिका-१० का १८ बर्षीय मंगल चौधरीलाई उपचारको लागि स्थित बि एण्ड सी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमा नै मृत्यु भएको छ ।
 
दुर्घटनामा परी सोही मोटरसाईकलमा सवार बिर्तामोड नगरपालिका-२ बस्ने बर्ष १८ को बिशाल दास र बर्ष २० को नबिन कटुवाल समेत गम्भिर घाईते भएका छन् ।
 
घाईतेहरुको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालयले अनामनीले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ भने मोटरसाईकल इलाका प्रहरी कार्यालय अरामनीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।