लागूऔषध सहित १ जना पक्राउ

झापा, माघ २५ गते ।

झापाको भद्रपुर नगरपालिका-५ नयाँ बजारबाट प्रहरीले लागूऔषध ओसार पसारमा संग्लग्न १ जनालाई पक्राउ गरेको छ ।
 
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बजारमा शंकास्पद अवस्थामा हिडीरहेका भद्रपुर नगरपालिका-७ का १९ बर्षीय सन्देश यादवलाई चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागूऔषध फेनारागन- १० एम्पुल, लुपिजेसिक-१० एम्पुल, डाईजोपाम-१० एम्पुल र नाईट्रोजन ४८ ट्याब्लेट बरामद गरेको थियो ।
 
लागूऔषध सहित पक्राउ परेका यादवलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।