आगलागीबाट १० लाख ३७ हजार बराबरको क्षति

धनकुटा, माघ २५ गते ।

धनकुटाको महालक्ष्मी नगरपालिका-२ तोरीबारी बस्ने धन बहादुर थापाको घरमा बिहीवार आगलागी हुँदा अन्दाजी १ लाख ३७ हजार मूल्य बराबरको क्षति भएको छ । खोले पकाउने क्रममा राती ११ बजे अचानक आगलागी हुँदा थापाको ढुंगा माटोले बनेको टिनको छानो भएको ३ तले घर, घर भित्र रहेको सम्पूर्ण सामान नगद ६० हजार जलेर नष्ट भएको छ । आगो निभाउने क्रममा थापाको श्रीमती बर्ष ४५ की मनमाया थापा आगोले पोलेर सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।