आगलागीबाट २० लाखको क्षति

मोरङ, माघ २५ गते ।

मोरङको रतुवामाई नगरपालिका-७ गढीझारमा भन्ने स्थानमा गंगा बहादुर बस्नेतको घरमा आगलागी हुँदा अन्दाजी २० लाख मूल्य बराबरको क्षति भएको छ । राती साढे ११ बजे भएको उक्त आगलागीबाट बस्नेतको टाटी बेराले बारेको टिनको छानो भएको २ तले घरमा भान्सा घरको चुल्होबाट अचानक आगगाली भएको थियो ।
 
आगलागीबाट घर सहित घर भित्र रहेको सम्पूर्ण सर-सामान, नगद र सुनचाँदी जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । उक्त आगलागी दमकल प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको उक्त कार्यालयले जनाएको छ ।