घर छाउने क्रममा लडेर मृत्यु

तेह्रथुम, माघ २५ गते ।

तेह्रथुमको फेदाप गाउँपालिका-२ अस्वा भन्ने स्थानमा बिहीवार दिउँसो घर छाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ । दिउँसो साढे २ बजेको समयमा घर छाउने क्रममा छानोबाट अचानक लडेर सोही स्थान बस्ने बर्ष २८ को बेद प्रकाश लिम्बु घाइते भएका थिए । 
 
लडेर गम्भीर घाइते भएका लिम्बुको जिल्ला अस्पताल म्याङलुङमा उपचार पश्चात थप उपचारको लागि धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि धरान स्थित वि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ ।