मोटरसाईकल सिक्ने क्रममा दुर्घटना हुँदा १ को मृत्यु

धनकुटा, माघ २५ गते ।

धनकुटाको चौविसे गाउँपालिका-८ मासिङटारमा बिहीवार मोटरसाईकल सिक्ने क्रममा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
 
अपरान्ह ४ बजेको समयमा भित्री सडक खण्डमा को १५ प ३७६४ नम्बरको मोटरसाईकल सिक्ने क्रममा अनियन्त्रित भई सडकबाट १२ मिटर तल खसेर दुर्घटना हुँदा सोही स्थान बस्ने बर्ष २४ को मिलन कार्की घाइते भएका थिए ।
 
दुर्घटनामा परि गम्भीर घाइते कार्कीलाई उपचारको लागि धरान स्थित वी.पी. कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाईएकोमा उपचारको क्रममा राती सवा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।