१ किलो गाँजा सहित युवक पक्राउ

उदयपुर, पौष २७ गते ।

उदयपुरबाट प्रहरीले लागूऔषध गाँजा सहित १ युवकलाई पक्राउ गरेको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका- ५ सुन्दर बजारबाट प्रहरीले १ किलो काँचो लागूऔषध गाँजा सहित सप्तरीको सप्तकोशी  नगरपालिका-१ फत्तेपुर बस्ने बर्ष २४ को गोबिन्द परियारलाई साँझ साढे ५ बजे पक्राउ गरेको हो ।
 
विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटिएको प्रहरी टोलीले परियारलाई सुन्दर बजारमा चिया पिउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।