मोटरसईकलको ठक्करबाट २ साईकल यात्री घाईते

मोरङ, पौष २६ गते ।

मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटमा मोटरसाईकलले साईकललाई ठक्कर दिंदा २ जना घाईते भएका छन् ।
 
आज दिउँसो १३:१५ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको साइकललाइ सोहि दिसाबाट आउदै गरेको को २ प ४४०५ नम्बरको मोटरसाईकलले पछाडीबाट ठक्कर दिँदा साइकल चालक ग्रामथान गाउँपालिका-१ का ३७ बर्षीय चन्दु रिसिदेव र साईकलको पछाडी सवार निजकै श्रीमती बर्ष २८ की फुलु रिसिदेव घाईते भएका हुन् ।
 
घाईते दुवैजनाको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको छ भने मोटरसाईकल र चालक प्रहरी चौकी झोराहाटको नियन्त्रणमा रहेका छन् ।