जबरजस्ती करणीको आरोपमा एक पक्राउ

सुनसरी, पौष २६ गते ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-८ बाट २४ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मेचीनगर नगरपालिका-११ घर भई सोही स्थान बस्दै आएका १९ बर्षीय बल बहादुर बिष्टलाई प्रहरी पक्राउ गरेको छ ।
 
बुधवार राती ११:५५ बजेको समयमा  दमक नगरपालिका-३ घर भई माईती आएकी महिलालाई सोही स्थान बस्ने बर्ष २३ को रविन लिम्बु र बिष्टले महिलाको माईती घर देखी ५० मिटर पर जबरजस्ती करणी गरेको भनी स्थानीयवासीले जानकारी गराउना साथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बिष्टलाई पक्राउ गरेको हो भने अर्का प्रतिवादी लिम्बु तत्काल फरार रहेकोले खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।