लागूऔषध सहित ३ जना पक्राउ

उदयपुर, पौष २५ गते ।

उदयपुरको त्रियुगा नगरपालिका-६ लालपत्ताबाट लागूऔषध सहित ३ जना पक्राउ परेका छन् ।
 
प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले सिराहाबाट गाईघाट तर्फ आँउदै गरेको स १ च १६९७ नम्बरको वलेरो गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा गाडीमा सवार उदयपुरको  त्रियुगा नगरपालिका-१२ का १९ बर्षीय जेनिश राई र त्रियुगा नगरपालिका-११ का १६ बर्षीय निशान रिजालको साथबाट डाईजोलोपाम, लुपिजेसीक, फेनारागन समेत ८/८ एम्पुल गरी जम्मा २४ एम्पुल लागुऔषध बरामद गरेको थियो ।
 
लागूऔषध ओसार पसारमा गाडी चालक सरदुवानकट्टी-६ सिराहाका २९ बर्षीय कृष्ण खड्काको समेत मिलेमतो रहेको खुल्न आएपछी निजलाई समेत पक्राउ थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ  ।