लडेर मृत्यु

ओखलढुङगा, पौष २५ गते ।

ओखलढुङगाको चम्पादेवी गाउँपालिका-३ ताप्केडाँडा बस्ने ३५ बर्षीया सरीता श्रेष्ठको भिरबाट लडेर मृत्यु भएको छ ।

मंगलवार दिउँसो १२:३० बजेको समयमा घाँस लिएर घर तर्फ फर्कने क्रममा महादेवथान थामडाँडा भन्ने भिरबाट अचानक लडी भिरबाट ३०० मिटर तल खस्दा उनी गम्भीर घाईते भएकी थिईन ।

घाईतेलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकीमा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय वरुणेश्वर ओखलढुङगाले जनाएको छ ।

घटनास्थलमा सोही कार्यालयबाट प्रहरी टोली खटीगई कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ओखलढुङगा पठाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।