जबरजस्ती करणीको आरोपमा १ पक्राउ

सुनसरी, पौष २५ गते ।

जबरजस्ती करणीको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले १ जनालाई पक्राउ गरेको छ ।
 
पक्राउ पर्नेमा ईहटरी उप-महानगरपालिका-१० का २३ बर्षीय रमेश राई रहेका छन् ।
 
पक्राउ परेका राईले फेसबुक मार्फत चिनजान भएकी भोजपुर पावादुम्बा की एक ३५ बर्षीया महिलालई जागीर लगाई दिन्छु भनी गत २० गते धरान बोलाएको र धरानमा भेटघाट गरी ईटहरी ल्याई ईटहरीकै एक होटलमा राखी २० गते देखी २४ गते सम्म ज्यान मार्ने धम्की दिदै जबरजस्ती करणी गरेको भन्ने  पिडितको जाहेरीको आधारमा निजलाई पक्राउ गरिएको हो ।
 
पक्राउ परेका राई उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।