मोटरसाईकलको ठक्करबाट १ घाइते


मोरङ, मंसिर २० गते ।

मोरङको रतुवामाई नगरपालिका-८ उर्लावारी-आमवारी  सडक खण्डको ईटहरा चोकमामा बुधवार मोटरसाईकलको ठक्करबाट १ जना घाइते भएका छन् ।
 
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ५ प १०८५ नम्बरको मोटरसाईकलले पैदलयात्री सोही स्थान बस्ने वर्ष-४१ को लेख बहादुर लिम्बुलाई ठक्कर दिएको थियो ।
 
ठक्करबाट घाइते लिम्बुलाई उपचारको लागि अरनीको अस्पताल उर्लावारी पठाईएको छ भने मोटरसाईकललाई प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।