अवैध सामान सहित २ पक्राउ

मोरङ, मंसिर १८ गते ।

मोरङको विराटनगर महानगरपालिका-१६ को बिभिन्न स्थानबाट प्रहरीले अन्दाजी ८५ हजार मूल्य बराबरको अवैध सामान सहित २ जनालाई पक्राउ गरेको छ ।
 
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१६ बस्ने बर्ष २१ को धनराज साह र बर्ष २१ को श्रवण यादवलाई पक्राउ गरेको हो ।
 
भारतबाट नेपाल तर्फ बि. आर. ३८ एन. ९५२७ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छलि ल्याउँदै गरेको १० पिस ऊनी सुईटर बरामद गरेको हो ।
 
कपडा सहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालय रानी बुझाईने उक्र कार्यालयले जनाएको छ ।