पानिमा डुबेर बालिका घाइते

सुनसरी, मंसिर १८ गते ।

सुनसरीको ईनरुवा नगरपालिका-४ मरिक टोलमा मंगलबार बिहान पानीमा डुबेर १ बालिका घाइते भएकी छन् ।
 
बिहान करिब साढे ९ बजेको समयमा सोही स्थान बस्ने बिनोद मरिकको छोरी बर्ष २ की रुही मरिक घर नजिकै रहेको पोखरी छेउमा खेल्ने क्रममा अचानक डुबेकी थिईन ।
 
पोखरीमा डुबी घाईते भएकी मरिकलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।