करेण्ट लागेर १ घाइते

मोरङ, मंसिर १८ गते ।

मोरङको बुढीगंगा गाउँपालिका-१ मा करेण्ट लागेर १ जना घाइते भएका छन् ।
 
बिहान ९ बजेको समयमा  बिराट मेडिकल कलेजमा ना. ४ ख. ३४९५ नम्बरको ट्रिपरबाट बालुवा अनलोड गर्ने क्रममा माथिबाट बिजुलीको तारमा छुँदा सोही ट्रिपरका सह-चालक धनकुट्टा चौविसे गाउँपालिका- ७ बस्ने वर्ष २६ को मदन लिम्बु घाइते भएका हुन् ।
 
करेण्ट लागेर घाइते लिम्बुलाई उपचारको लागि बिराट नर्सिङ होम पठाईएको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ भने चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।