मोटरसाईकल दुर्घटनामा १ को मृत्यु, १ घाइते

मोरङ, मंसिर १८ गते ।
 
मोरङको उर्लावारी नगरपालिका-६ मा रहेको उर्लावारी-मधुमल्ला भित्री सडक खण्डको हाटखोला बजारमा गए राती मोटरसाईकल दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
 
आज बिहान  ३ बजे को १९ प  ४४७५ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाईकल चालक  सोही स्थान बस्ने बर्ष ३० को बोरिश धिमाल र  पछाडी सवार बर्ष २५ को अमित धिमाल गम्भीर घाइते भएका थिए ।
 
दुर्घटनामा गम्भीर घाइते दुबै जनालाई उपचारको लागि अरनीको अस्पताल उर्लाबारी हुदै थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा मोटरसाईकलको पछाडी सवार अमित धिमालको बिहान सवा ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।