अबैध रुपमा भन्सार छली गरी ल्याएको सामानरु बरामद

मोरङ,सुनसरी,कात्तिक-२ गते ।

अबैध रुपमा भन्सार छली गरी लुकाई छीपाई ल्याएको करिव ६ लाख मुल्य बराबरको लत्ता कपडा तथा खाधान्य सामानहरु बरामद गरिएको छ ।
भारतबाट अबैध रुपमा  लुकाई छीपाई रानीको सिमा एरियाबाट ल्याउदै गरेको करिव ४ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाधान्य सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
 
यसै गरी इनरुवा-दुहवी सडकखण्ड एरियाबाट भन्सार छली गरी लुकाई छीपाई ल्याएको २ लाख मूल्य बराबरको लत्ता कपडाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
 
विशेष सुराकका आधारमा गस्तीमा खटिएको प्रहरी टोलीले आज विहान ६ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाधान्य सामानहरु बरामद गरेको हो । साथै सामान ल्याउन प्रयोग गरिएको दुई वटा टेम्पो समेत नियन्त्रणमा लिईएको छ ।
 
बरामद गरिएको सामान र टेम्पो समेत लाई आवश्यक कारबाहीको लागी भन्सार कार्यालयमा बुझाईएको छ ।