खोलाले बगाएर १ जनाको मृत्यु

झापा, श्रावण १७ गते ।

झापाको अर्जुनधारा नगरपालिका-४ का ५६ बर्षीय बिदुर पराजुलीको टाङटिङ खोलाले बगाएर मृत्यु भएको छ । आज दिउँसो साँढे १२ बजेको समयमा उक्त खोला तर्ने क्रममा पराजुलीलाई बगाएर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मृतकको कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।