टापुमा फसेका १ जनालाई सकुशल उद्धार

मोरङ, श्रावण १६ गते ।

चिसाङ खोलाको बिच टापुमा फसेका मोरङको लेटाङ नगरपालिका-३ का ४५ बर्षीय सन्तोष राईलाई सकुशल उद्धार गरिएको छ । आज दिउँसो सवा ४ बजे चिसाङ खोलाको बिच टापुमा दाउरा टिप्न गएको अवस्थामा एक्कासी पानीको बहाब बढी टापुमै फसेको भन्ने जानकारी पाए लगत्तै खटिएको प्रहरी टोलीले अन्य सुरक्षा निकाय समेतको सहयोगमा पौने ५ बजे सकुशल उद्धार गरिएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।