करेन्ट लागेर १ जनाको मृत्यु

उदयपुर, चैत्र १३ गते ।

उदयपुरको त्रियुगा नगरपालिका-२ का २४ बर्षीय जोती कुमार राईको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार दिउँसो पौने २ बजेको समयमा स्थानीय खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा घाईते भएका राईको उपचारको क्रममा सिभिल अस्पताल गाईघाटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरेहेको उक्त कार्यालयले जनाएको छ ।