खुर्पाले आफ्नै घाँटी काटेर अत्महत्या

ईलाम, चैत्र १३ गते ।

ईलामको रोङ गाउँपालिका-१ की ५० बर्षीया टिकामाया राईले खुर्पाले आफ्नै घाँटीमा प्रहार गरी आत्महत्या गरेकी छन् । रोङ गाउँपालिका-४ घर भई चैत्र ११ गते आफ्नो दाजुको घरमा आएकी राईले बुधवार दिउँसो करिव १ बजेको समयमा खुर्पाले आफ्नै घाँटीमा प्रहार गरी आत्महत्या गरेको जनाईएको छ । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी मेची अस्पताल भद्रपुर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।