तुईन चुडिएर अरुण नदिमा खस्दा १ जना बेपत्ता

संखुवासभा, मंसिर १६ गते ।
 
तुईनद्धारा अरुण नदी तर्ने क्रममा तुईन चुडिएर नदीमा खस्दा १ जना बेपत्ता भएका छन् । आईतवार दिउँसो २ बजे छुम्सुरबाट रिदाक तर्फ हिडेका भोटखोला गाउँपालिका-२ का ३० वर्षिय ओङ्दी भोटे तुईनबाट नदी तर्ने क्रममा अचानक तुइनको नट खुस्कीएर अरुण नदिमा खस्दा बेपत्ता भएका हुन् । नदीमा खसेर बेपत्ता भएका भोटेको प्रहरी चौकी चेपुवाबाट खटिएको प्रहरीको टोली र स्थानीयवासी समेतको संयुक्त टोलीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।