छुरा प्रहारबाट १ जनाको मृत्यु

पाँचथर, असोज-२२ गते ।
 
पाँचथरको याङवरक गाउँपालिका.-६ खाल्लेमा छुरा प्रहारबाट १ जनाको मृत्यु भएको छ। आज बिहान १० बजेको समयमा बर्ष ४० को अर्जुन माबो र सोही स्थान बस्ने वर्ष १९ को आईतराज योङहाङ बिच मादक पदार्थ सेवन गरी बादबिबाद हुदा अर्जुन माबोलाई आईतराज यिङहाङले पेटमा छुरा प्रहार गरेर हत्या गरी फरार भएका थिए ।
 
घटना बारे जानकारी पाउनासाथ प्रहरी चौकी नागीथर्पु खटिएको प्रहरीको टोलीले फरार रहेका आईतराजलाई याङवरक गाउँपालिका-६ धमिले भन्ने स्थानबाट प्रक्राउ गरेको थियो । घटनास्थलमा कानूनी प्रकृयाको लागी जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरीको टोली खटिएको उक्त कार्यालयले जनाएको छ ।