आफैले घाँटी रेटी आत्महत्या

पाँचथर, भाद्र २५ गते ।

पाँचथरको फिदिम नगरपालिका-८ घलेगाँउका ५५ बर्षीय सनम गुरुङले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका छन् । आज बिहान साँढे ९ बजेको समयमा आफै सुत्ने कोठामा धारिलो हतियार बाम्फोकले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको भन्ने सूचना पाए लगत्तै अस्थायी प्रहरी चौकी तमाखेबाट खटिएको प्रहरी टोलीले गुरुङलाई मृत अवस्थामा फेला पारेको थियो । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।