घरको गाह्रोले किच्दा १ जनाको मृत्यु

भोजपुर असार २७ गते 

भोजपुर रामप्रसाद राई गाउँपालिका-७ बासिखोरा बस्ने ६६ बर्षिय जगत बहादुर राईको आफ्नै घरको गाह्रो लडी सोही गाह्रोले किच्दा मृत्यु भएको छ ।२५ गते देखी आएको अबिरल बर्षाको कारण घरमा पानीको भेल पस्दा पिढिमा सुतिरहेका राईको गाह्रोले किची मृत्यु भएको हो।

राई घरमा एक्लै बस्दै आएका र २५ गते राती के कुन समयमा उनको मृत्यु भएको भनि स्थानियले २६ गते ईलाका प्रहरी कार्यालय घोडेटारमा खबर गर्न साथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।